काठमाण्डु- नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनको मिति तोक्नका लागि सरकारलाई दबाब दिने निर्णय गरेको छ । बुधबार दिउँसो बसेको एमाले पदाधिकारीहरुको बैठकले संविधान र कानुनअनुसार तत्काल स्थानीय तहको निर्वाचनको मिति तोक्न सरकारलाई दबाब दिने निर्णय गरेको हो । त्यसैगरी बैठकले चुनाव घोषणाका लागि दबावमुलक कार्यक्रम गर्ने निर्णय गरेको जनाइएको छ । सातै प्रदेशमा पनि…