सुदुरपश्चिम प्रदेशको बजेट अधिवेशन आजदेखि सुरु

धनगढी - सुदुरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले दिउँसो ३ बजेका लागि बजेट अधिवेशन आह्वान गरेका हुन् । प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको जानकार दिए ।