म पनि ‘माउन्ट केटु’ गएको भए अझै बढी धुमधाम हुन्थ्यो: प्रधानमन्त्री ओली

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले हिमाल आरोहीलाई अवार्ड दिने घोषणा गरेका छन् । पाकिस्तान र चीनको सीमानामा रहेको माउन्ट केटु हिउँदे सिजनमा आरोहण गरी नयाँ रेकर्ड कायम गरी फर्केका १० नेपाली आरोहीहरुलाई मंगलबार सम्मान गर्दै प्रधानमन्त्री ओलीले हिमाल आरोहण जोखिमपूर्ण हुने भन्दै हिमाल आरोहण गर्नेलाई अब उप्रान्त राज्यले अवार्ड दिने घोषणा गरेका हुन् ।…