काठमाण्डु – बर्खास्तीमा परेका प्रदेश नम्बर २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल मन्त्री क्वार्टरबाट बाहिरिएका छन् । आइतबार जनता समाजवादी पार्टी नेतृत्वबाट बर्खास्तीमा परेका सोनल क्वार्टर छोडेर बाहिरिएका हुन् । मन्त्री सोनल एउटा सुटकेश र झोला बोकेर मन्त्री क्वार्टरबाट बाहिरिएका थिए । उनले सरकारी गाडी फिर्ता गरेपछि बाइक चढेर जनकपुरको मधेश भवनबाट निस्केका…