संविधान संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता

काठमाडौं – राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टीले नेपालको संविधान संशोधन प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता गराएका छन् । सांसद लक्ष्मण लाल कर्ण र समाजवादी दलका सांसद राजेन्द्रप्रसाद श्रेष्ठले संयुक्त रुपमा सोमबार संघीय संसद सचिवालयमा नेपालको संविधान (दोश्रो संशोधन) विधेयक, २०७७ दर्ता गराएका हुन् । सोमबार संशोधन विधेयक दर्ता गर्न राजपाका अध्यक्ष मण्डलका सदस्य…