स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कडा कारबाही गरः साझा पार्टी

काठमाण्डु – कोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै जाँदा राजधानी काठमाण्डुसहित देशका विभिन्न भागमा पछिल्ला दिनमा चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति साझा पार्टीले आपत्ति जनाएको छ । पार्टीका सहप्रवक्ता शरदराज पाठकले आइतबार एक विज्ञप्ति जारी गर्दै कोरोनाको महामारीमा निरन्तर खटिईरहेका स्वास्थ्यकर्मीहरूको सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट दुर्व्यवहार हुनु अमानवीय र आपराधिक व्यवहार भएको बताएका छन् । ‘अर्को व्यक्तिमाथि…