डिलाको प्रश्नः सरकार र प्रतिपक्षले जनताको हितमा कहिले काम गर्ने ?

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले सरकार र प्रतिपक्षी दलले जनता हितका लागि काम नगरेको गुनासो गरेकी छन् । कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी डा. संग्रौलाले कोरोना भाइरसका पुनः लकडाउन गर्नुपर्ने अवस्था आइसकेको बताउँदै जनता निराश बनेको बताइन् । ‘जनताका आउँदा दिनहरू अत्यन्तै कष्टपुर्ण र निराशाले छाउने संकेत देखापरिसकेको छ…