कोभिड–१९ संक्रमणको खतरा अन्त्य भएको होइन, ध्यान दिऔंः नारायणकाजी श्रेष्ठ

काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लकडाउन अन्त्य भए पनि कोरोना भाइरसकाे संक्रमण यथावत रहेकाले सचेत रहन आग्रह गरेका छन् । सरकारले मंगलबार रातिबाट लकडाउन अन्त्य भएको घोषणा गरेपनि जोखिम कायमै रहेको उनको तर्क छ । बुधबार सामाजिक सञ्जालमा प्रवक्ता श्रेष्ठले स्वास्थ्य प्रोटोकलको पालनासहित आवश्यक सावधानी अपनाउन सुझाव दिएका…