काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सांसद गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आँखा परीक्षण गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री ओलीले शनिबार सरकारी मिडियामा दिएको अन्तर्वार्तामा पत्रकार, नागरिक र प्रहरीबारे विवादास्पद अभिव्यक्ति दिएपछि थापाले यस्तो सुझाव दिएका हुन्। उनले लेखेका छन्, ‘हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने…