तनहुँ – नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कोरोना नियन्त्रणका लागि स्थानीय तहले खेलेको भूमिका महत्वपूर्ण रहेको बताएका छन् । तनहुँ जिल्लाका विभिन्न स्थानीय तहमा रहेको आइसोलेशन कक्षका लागि आज स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै उनले संविधानले नै स्थानीय तहलाई अधिकार सम्पन्न बनाएकाले कोरोना नियन्त्रणका लागि स्थानीय तहले प्रभावकारी भूमिका खेलेको बताए । 'स्थानीय तह जनताको…