काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सुरुमै चालिएको सुरक्षाका प्रभावकारी कदमका कारण अहिलेसम्म नेपालमा कोरोना भाइरसले महामारी रूप लिन नसकेको भए पनि पछिल्लो समय स्थिति बिग्रिँदै गएको बताएका छन् । बुद्ध जयन्तीका अवसरमा बिहीबार भिडियोमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले नेपालमा पनि कोरोना महामारी भयावह रूप लिने लक्षण देखिएकाले सजगता अपनाउन सबै नागरिकलाई आह्वान…