काठमाडौं – सरकारले भारत र चीनतर्फका सीमा अतिक्रमण भए/नभएको बुझ्नका लागि सीमा निरीक्षण समिति गठन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले तीन महिनाभित्र प्रतिवेदन पेश गर्नेगरी नेपाल–भारत र नेपाल–चीन सीमा निरीक्षण गर्न समिति गठन गर्ने निर्णय गरेको जानकारी गराएका…