मलंगवा – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले बेरोजगार परिवारको एक सदस्यलाई रोजगारी दिने प्रतिबद्धता व्यक्त गरेका छन् । गृहगाउँ चक्रघट्टा गाउँपालिकामा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री यादवले आफुले देशमा रोजगारीको क्षेत्र र सामाजिक सुरक्षाको क्षेत्रमा कुनै कमी नराख्ने बताउँदै आफ्नो गाउँपालिका भित्रका बेरोजगार परिवारका एक सदस्यलाई रोजगारी दिने बाचा गरेका…