कांग्रेस नेता सिंह भन्छन् – ओली सरकार असफल

काठमाडौँ— नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले शान्ति सुरक्षा र सुशासनमा सरकार असफल भएको आरोप लगाएका छन्। गणेशमान सिंह स्मृति पुस्तकालय सैनामैनाको आयोजनामा मुर्गियामा ‘लोकतन्त्र, नैतिकता, भ्रष्टाचार र सुशासनका लागि अध्ययनको भूमिका’ विषयक विचारगोष्ठीमा उनले मेलम्चीको पानी धारामा ल्याउन नसक्ने सरकारले पानी जहाज ल्याउने कुरा हास्यास्पद भएको टिप्पणी गरे। नेता सिंहले सरकारले विधिको शासनलाई समेत लत्याएको…