काठमाडौं – सभामुखमा नेकपा, कांग्रेस र राजपाले दाबी गरेका छन् । राजधानीमा भएको उक कार्यक्रममा नेताहरुले आफ्ना पार्टीले सभामुख पाउनुपर्ने दाबी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वमन्त्री नविन्द्रराज जोशीले संसद बैठक यतिवेलासम्म बोलाईसक्नुपर्ने स्थिति रहेकोमा त्यसमा ढिलाई भएको गुनासो पोखेका छन्…