काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजनाको मंगलबार एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् । सामाजिक सुरक्षा योजनाअनुसार सूचिकृत रोजगारदाता कम्पनीले सबै श्रमिकको आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत र कम्पनीका तर्फबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम सरकारले सञ्चालन गरेको सामाजिक सुरक्षा कोषमा जम्मा गरिनेछ । मन्त्रालयले गत कार्तिक २७ गते राजपत्रमा सूचना प्रकाशित गरी…