देश र जनताका लागि उत्तरदायी हुनुपर्ने मुख्यमन्त्री राईको भनाई

विराटनगर - प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले जनप्रतिनिधिले देश र जनताका लागि उत्तरदायी भएर काम गर्नुपर्ने बताएका छन् । प्रदेश समन्वय परिषद्को प्रथम बैठकको बुधबार उद्घाटन गर्दै उनले जनताको भावनासँग जोडिएर जनप्रतिनिधिले विकास निर्माणको कार्यलाई तीव्रता दिन सके समृद्ध नेपाल र सुखी नेपाली बन्न धेरै समय लाग्दैन भने । मुख्यमन्त्री राईले प्रदेश र…