सचिवलाई विश्वास गर्दा धोका पाएँ : मातृका यादव

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले सचिवलाई विश्वास गर्दा आफुले धोका पाएको बताएका छन् । विषादी परीक्षण गर्ने आफ्नै निर्णयबाट पछि हट्नुपरेको दोष उनले सचिवहरुमाथि लगाएका छन् । आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री यादवले भने, ‘सचिवले गुमराहमा राखे । तर, यसको म जिम्मेवारी लिन्छु ।’ उनले आफ्नै मन्त्रालयका सचिव तथा कृषि र…