भक्तपुर- माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले समाजवादी शिक्षा प्राप्तिको बहस अघि वढाएको छ। जनवादी शिक्षालाई आफ्नो रणनीतिक लक्ष्य मान्दै आएको क्रान्तिकारीले गत राष्ट्रिय सम्मेलनवाट समाजवादी शिक्षाको नीति अघि सारेको हो। अखिल (क्रान्तिकारी) शैक्षिक विभागद्वारा भक्तपुरमा आयोजित शैक्षिक गोष्ठीमा समाजवाद उन्मुख शिक्षा नीतिमा आधारित पांचवटा फरक फरक कार्यपत्रमाथि व्यापक छलफल भएको क्रान्तिकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले…