प्रधानमन्त्रीले भने ‘अब श्रमिकले आन्दोलन गर्नु पर्दैन’

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा वाम गठबन्धनको सरकार बनेकाले अब श्रमिकले आफ्नो हकअधिकारका लागि आन्दोलन गर्नु नपर्ने बताएका छन् । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) को नवनिर्वाचित नेतृत्वले श्रमिकका हकअधिकारका विषयमा आज प्रधानमन्त्री निवास बालुवाटारमा ध्यानाकर्षण गराएपछि प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष ओलीले श्रमिकका हकअधिकार स्थापित हुनेमा ढुक्क हुन आग्रह गरेका हुन् ।…