वनमन्त्री बस्नेत र सचिव ओलीबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर

काठमाडौं– वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालयका सचिव विश्वनाथ ओलीसँग वार्षिक करार सम्झौता गरेका छन्। मन्त्रालयमा सोमबार आयोजित कार्यक्रममा मन्त्री बस्नेत र सचिव ओलीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सो अवसरमा मन्त्री बस्नेतले मुलुकको आवश्यकता र जनताको अपेक्षालाई परिणाममा व्यक्त हुने गरी काम गर्न मातहतका कर्मचारीलाई निर्देशन दिए। मन्त्री बस्नेतले कार्यसम्पादनका क्रममा सुशासनलाई केन्द्रमा राख्न पनि…