काठमाण्डु- सत्ता पक्षका राजनीतिक दलहरूको बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएका हुन् । प्रधानमन्त्री ओलीको सचिवालयका अनुसार बैठक सोमबार साँझ ५ बजे बालुवाटारमा बस्ने छ । बैठकमा आसन्न हिउँदे अधिवेशन,अधिवेशनमा पेस गरिने विधेयक र सरकारका काम कारबाहीबारे छलफल हुनेछ । सत्तापक्षमा हाल एमाले, कांग्रेस, जसपा, जसपा नेपाल, नाउपा र जनमत पार्टी…