काठमाण्डु – नेकपा (माओवादी केन्द्र)ले पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई तत्काल उपाध्यक्ष नबनाउने भएको छ । माओवादीको २३ पुसमा सम्पन्न केन्द्रीय समिति बैठक र ८ माघमा बसेको पदाधिकारी बैठकमा अधिकांश नेताहरूले पूर्वउपराष्ट्रपति पुनलाई माओवादीमा फर्काउने तयारीको चर्को विरोध गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहालले तत्काल उनलाई पार्टी उपाध्यक्षको जिम्मेवारी नदिने भएका हुन् । अध्यक्ष दाहालले केन्द्रीय समिति बैठकको…