प्रतिपक्षी दलहरूले अवरुद्ध गरेपछि संसद् बैठक भोलिसम्म स्थगित

काठमाण्डु – संसद् बैठकमा बिहीबार पनि प्रतिपक्षी दलहरूले अवरोध गरेपछि शुक्रबारसम्मका लागि स्थगित भएको छ । बिहीबार अपराह्न सुरु भएको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले उभिएर अवरोध गरेपछि सभामुख देवराज घिमिरेले बैठक स्थगित भएको सूचना सुनाएका छन् । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रसहित रास्वपा, राप्रपा र एकीकृत समाजवादीले बैठकमा अवरोध गरेका थिए ।…