उच्च अदालतबाट सफाइ पाएपछि अफताब आलम रिहा

काठमाण्डु – बम विष्फोटका घाइतेलाई इँटाभट्टामा पोलेको आरोपमा जिल्ला अदालतबाट जन्मकैद सजाय भएका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमले उच्च अदालतबाट सफाइ पाएपछि रिहा भएका छन् । ललितपुरको नख्खु कारागारबाट उनी बुधबार रिहा भएका हुन् । उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग कसूर मुद्दामा सफाइ दिएसँगै उनी कारागारमुक्त…