सिंहदरबारबाहिर धर्ना बसेका कृष्ण पहाडीसहित २५ मानवअधिकारकर्मी पक्राउ

काठमाडौं - सरकारले स्वतन्त्रता विरोधी निर्णय र स्वेच्छाचारी गतिविधि गरेको भन्दै सिंहदरबार अगाडि आयोजना गरेको धर्ना स्थलबाट प्रहरीले मानव अधिकारकर्मीलाई पक्राउ गरेको छ । मंलबार दिउँसो १ बजे धर्ना सुरु हुनासाथ प्रहरीले मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति डा. गंगाधर अधिकारी, सल्लाहकार होमकान्त चौलागाई, संस्थापक सदस्य कृष्ण कँडेल, उपसभापति रेनुका पौडेलसहित…