सप्तरी – सहकारी ठगी तथा आपराधिक विश्वासघातको मुद्दामा विगत ६ महिनादेखि कारागारमा रहेका वडा सदस्य सिद्धार्थ तातेड रिहा भएका छन् । मुद्दा मिलापत्रबाट टुंगिएपछि राजविराज नगरपालिका–३ का वडा सदस्य समेत रहेका तातेड रिहा भएका हुन् । उनी ६ महिनादेखि राजविराज कारागारमा बन्दी जीवन बिताइरहेका थिए । सप्तरी जिल्ला अदालतका न्यायाधीश तिलक बहादुर कार्कीको रोहबरमा पीडित…