राजनीतिक दलप्रति गम्भीर प्रश्न उठ्यो : प्रचण्ड

काठमाण्डु-माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, सामाजिक न्यायको पक्षमा सरकार र राजनीतिक दलप्रति जनताले गम्भीर प्रश्न उठाएको बताएका छन् । शुक्रबार नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाको पद हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सरकार र राजनीतिक दल इमानदार नहुँदा जनताले प्रश्न उठाएको बताएका हुन् । ‘आदर्शका कुरा हामी गर्छौँ नै, तर व्यवहारमा साँच्चै के गरेका छौँ…