गैरआवासीय नेपाली नागरिकता सम्बन्धी कानून निर्माणमा ढिलाइ भयो : परराष्ट्रमन्त्री राणा

काठमाण्डु – पराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकारको अस्थिरताका कारण गैरआवासीय नेपाली नागरिकता सम्बन्धी कानून निर्माणमा ढिलाइ भएको टिप्पणी गरेकी छन् । नेपाली कांग्रेसको जनसम्पर्क विभागले बिहीबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले कानून निर्माणमा ढिलाइ भएको बताइन् । संविधान जारी भएपछिका वर्षहरूमा बारम्बार सरकार परिवर्तन हुँदा नीतिगत निरन्तरतामा बाधा पुगेको उनले…