काठमाण्डु – नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गृहमन्त्री रहेका नेपाली कांग्रेसका नेता रमेश लेखकपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग सवालजवाफ गरेका छन् । खड्काले सभापति देउवा र लेखकसँग पार्टीका छुट्टाछुट्टै बैठकमा सवालजवाफ गरेका हुन् । लेखकसँग ३ माघमा देउवा निवास बुढानीलकण्ठमा भएको संसदीय दल कार्यसमिति बैठकमा सवालजवाफ गरेका खड्काले…