राष्ट्रियसभा अध्यक्ष दाहाल नेतृत्वको संसदीय टोली जेनेभा प्रस्थान

काठमाण्डु – अन्तर–व्यवस्थापिका संघ (आईपीयू) को १४९औं महासभामा भाग लिन राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल नेतृत्वको संसदीय प्रतिनिधिमण्डल स्वीट्जरल्यान्डको जेनेभातर्फ लागेको छ । अध्यक्ष दाहालको नेतृत्वमा संघीय संसद्को ९ सदस्यीय टोली आईपीयू महासभामा भाग लिन जेनेभा प्रस्थान गरेको हो । असोज २७ देखि कार्तिक १ गतेसम्म चल्ने आईपीयूको १४९औं महासभामा सहभागी हुने नेपाली संसदीय प्रतिनिधिमण्डलमा राष्ट्रियसभा…