काठमाण्डु - निर्वाचनमा पराजयको नैतिक जिम्मेवारी लिँदै गगन थापाले कांग्रेस सभापति पदबाट अकस्मात राजीनामा दिएपछि पार्टी भित्र तरंग उत्पन्न भएको छ भने राष्ट्रिय राजनीति पनि तातेको छ । २१ फागुनमा भएको निर्वाचनमा लज्जास्पद हारको सबै जिम्मेबारी लिँदै कांग्रेस सभापति थापाले पदबाट अचानक राजीनामा दिएपछि सर्वत्र चासोको विषय बनेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक…