बालेनले रक्षा आफैंसँग राख्ने, परराष्ट्रमा खनाल र वाग्ले अर्थमन्त्री बन्दै

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन्द्र शाह नेतृत्वको सरकारका लागि मन्त्री चयनबारे आन्तरिक छलफल तीव्र पारेको छ। रास्वपा सभापति रवि लामिछाने र वरिष्ठ नेता शाहबीच सरकार गठनबारे निरन्तर परामर्श भइरहेको स्रोतले जनाएको छ। दुवै नेताबीच प्रभावकारी र परिणाममुखी सरकार बनाउने तथा सक्षम सांसदलाई मात्रै मन्त्रिपरिषद्मा सहभागी गराउने सहमति भएको बताइएको छ। सहमति अनुसार…