जेनेभा – राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र भारतीय संसद् लोकसभाका अध्यक्ष ओम बिरलाबीच शिष्टाचार भेटवार्ता भएको छ । अन्तर–व्यवस्थापिका संघको १४९औं महासभामा सहभागी हुन जेनेभामा रहेका अध्यक्ष दाहाल र लोकसभा अध्यक्ष बिरलाबीच द्विपक्षीय भेटवार्ता भएको हो । सो अवसरमा २ देशबीचको सम्बन्ध, संसदीय सहकार्य, अनुभव आदानप्रदान तथा आपसी हितबारे छलफल भएको थियो । भेटमा राष्ट्रियसभा…