काठमाण्डु– नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य गोविन्दराम चेपाङ आज नेकपा (एमाले)मा फर्किएका छन् । एमालेको केन्द्रीय कार्यालय, च्यासलमा जारी केन्द्रीय कमिटीको आठौँ बैठकमा पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेताहरुले एकीकृत समाजवादीका आदिवासी जनजाति फाँटका सहइञ्चार्ज चेपाङलाई पार्टी प्रवेश गराएका हुन्। मकवानपुर निवासी चेपाङ संविधानसभा सदस्य पनि रहेका छन् । बैठकमा अहिलेसम्म ६४…