प्रचण्डको स्वीकारोक्ति : पार्टीमा चरम व्यक्तिवादी अराजकता मौलायो, नेतृत्वलाई अप्ठ्यारो पर्‍यो

काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीभित्र चरम व्यक्तिवादी अराजकता मौलाएको स्वीकारेका छन् । आईतबारदेखि काठमाण्डुमा सुरु भएको पार्टी केन्द्रीय समिति बैठकको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष प्रचण्डले पार्टीभित्र मौलाएको चरम व्यक्तिवादी अराजकताले पार्टी नेतृत्वलाई अप्ठ्यारो परिरहेको बताए । ‘हाम्रा चपाउने दाँत एउटा र देखाउने अर्कै छ,’ उनले बैठकमा भने,…