काठमाण्डु - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकबाट विश्वासको मत लिने भएका छन् । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठकबाट प्रधानमन्त्रीले विश्वासको मत लिने संघीय संसद सचिवालयले जनाएको छ । गत फागुन २१ मा नेपाली कांग्रेससँगको सहकार्य तोडेर नयाँ गठबन्धन बनाएका दाहालले कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार…