काठमाण्डु- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले कपोकल्पित र आधारहीन आरोप लगाएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन तोडेको बताएका छन् । मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै उनले प्रधानमन्त्री प्रचण्डले निर्वाचनका समयमा गरिएको प्रतिबद्धता र जनताले दिएको ‘म्यान्डेट’ लत्याएको बताएका हुन् । उनले यस विषयमा पार्टीको कार्यसम्पादन र संसदीय दलको बैठक बसेर गठबन्धन…