काठमाण्डु – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको टोली चीन प्रस्थान गरेको छ । उनीसहित १५ जनाको टोली मंगलबार दिउँसो चीन प्रस्थान गरेको हो । चीन प्रस्थान गर्नुअघि अध्यक्ष नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागको निमन्त्रणामा आफू नेतृत्वको टोली त्यसतर्फ जान लागेको बताए । चीन भ्रमणका क्रममा नेताहरूसँग छलफल गर्ने, खुनमिङ हुँदै बेइजिङ नजिकैको…