काठमाण्डु – सत्तारुढ दल नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माले सरकारले कैयौ गल्ती गरिरहेको बताएका छन् । आज शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले जघन्य अपराधमा संलग्नहरूलाई आममाफी दिएकोमा आइन्दा त्यस्ता गल्ती नगर्न सचेत गराए । उनले भने, ‘अपिल र आग्रह गर्न चाहन्छु– सरकारले कैयौ निर्णयहरूमा जो कमजोरी गरिरहेको छ, यो विषयमा कमजोरी नगरोस्…