काठमाण्डु- नेकपा एमाले गण्डकीको प्रथम अधिवेशनको चुनावी प्रक्रिया बिहीबार सुरु हुने भएको छ । निर्वाचन समितिका उम्मेदवारी फिर्ताको समयावधि नै बिहीबार बिहानसम्मको लागि तय गरिएको हो । उम्मेदवारी फिर्तापछि बिहीवार दिउसो चुनावी प्रक्रिया सुरु हुने जनाइएको छ । जसअनुसार गण्डकी प्रदेश अध्यक्षको लागि निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुने भएको…