दोषी र अपराधीलाई छुट हुँदैन,निर्दोष तर्सिनु पर्दैन् : गृहमन्त्री श्रेष्ठ

काठमाण्डु - उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कीर्ते,ठग,भ्रष्टाचारी, संगठित अपराधी बाहेक निर्दोष कोही तर्सनु नपर्ने बताएका छन् । मन्त्री श्रेष्ठले ट्वीटरमार्फत, धनी–गरिब, सम्पन्न–विपन्नलाई छुट्टाछुट्टै कानुन नहुने भन्दै त्यस्तो अपेक्षा नगर्न पनि आग्रह गरेका छन् । उनले लेखेका छन्, ‘देश र जनताको हितविरुद्ध आफ्नो व्यक्तिगत फाइदाको लागि कीर्ते, ठगी, भ्रष्टाचार, संगठित अपराध र राज्यद्रोहमा संलग्न बाहेक…