स्थानीय तहभन्दा पहिला संघ र प्रदेशको निर्वाचन गर्न कांग्रेसका तीन सांसदको प्रस्ताव

काठमाण्डु – नेपाली कांग्रेसका तीन सांसदले स्थानीय तहको भन्दा पहिला संघ र प्रदेशको निर्वाचन गर्न माग गरेका छन् । शुक्रबार नयाँ वानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बसेको कांग्रेसको संसदीय दलको बैठकमा उनीहरूले पहिला संघ र प्रदेशको निर्वाचन गरेपछि मात्रै स्थानीय तहको निर्वाचन गर्नुपर्ने प्रस्ताव अघि सारेका हुन् । सांसदहरू डा.नारायण खड्का, ईश्वरी न्यौपाने, देवप्रसाद तिमिल्सिनाले…