काठमाण्डु– उज्यालो नेपाल पार्टी र हाम्रो पार्टी नेपालबीच पार्टी एकीकरण गर्ने सहमति भएको छ। शुक्रबार त्रिपुरेश्वरस्थित उज्यालो नेपाल पार्टीको कार्यालयमा दुवै पार्टीबीच एकताको सहमति भएको हो। सहमतिपत्रमा उज्यालो नेपालका महासचिव धर्मबहादुर चौधरी र हाम्रो पार्टीका महामन्त्री दधिराम परियारले हस्ताक्षर गरेका छन्। दुवै पार्टीबीच पार्टी एकताका लागि सात बुँदे सहमति भएको छ।