काठमाण्डु– सरकारले सहकारी क्षेत्रमा भएको बेथिति जाँचबुझ गर्न बनाएको बेथिति जाँचबुझ आयोग, २०८२ प्रतिवेदन सार्वजनिक गरेको छ । प्रतिवेदन सार्वजनिक गर्दै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले आयोगको प्रतिवेदन सार्वजनिक गरेकी हुन् । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम दुरुपयोग तथा कमजोर नियमनका कारण सहकारीप्रतिको जनविश्वास कमजोर बन्दै गएको…