यस्तो रहने छ आजको मौसम

काठमाण्डु- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ। साथै, अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको पनि केही प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आइतबार दिउँसो कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशसहित पहाडी क्षेत्रमा आंशिकदेखि सामान्य बदली हुनेछ। बाँकी ठाउँमा मौसम सफादेखि आंशिक बदली रहनेछ। सुदूरपश्चिमसहित पहाडी क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा हुन सक्छ।…