रातो मच्छिन्द्रनाथ रथलाई आज पुल्चोकबाट गाबहाल पुर्‍याइँदै

काठमाण्डु - वर्षा र सहकालको देवताको रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथ तानेर आज पुल्चोकबाट पाटनको गाबहाल पुर्‍याइँदैछ। रातो मच्छिन्द्रनाथको रथ तान्ने परम्परा १६८२ वर्ष पुरानो मानिन्छ। अक्षय तृतीयको भोलिपल्टबाट रातो मच्छिन्द्रनाथको रथ तान्न सुरु हुन्छ। मच्छिन्द्रनाथलाई पाटनको पुल्चोकबाट तानेर गाबहाल पुर्‍याइने छ भने त्यसको पर्सि पल्ट अर्थात शनिबार गाबहालबाट तानेर मंगलबजारसम्म पुर्‍याउने परम्परा छ ।…