काठमाण्डु – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार सुशासनविरुद्ध खडा गरिएको बिचौलियाहरूको सरकार भएको बताएका छन् । शनिबार काठमाण्डुमा आयोजित प्रेस सेन्टर नेपाल पाँचौं राष्ट्रिय महाधिवेशन शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा उनले सरकार भ्रष्टाचारीहरूको रक्षा गर्ने सरकार भएको भन्दै यो कुरा राजनीति विवेक र ज्ञान राख्ने मान्छेले पनि स्वीकार गरेको बताए…