तस्वीरमा हेर्नुहोस् ईद उल फित्रको रौनक

काठमाण्डु- आज मुस्लिम समुदायले शान्ति र सद्भावको महान् पर्व इद उल फित्र मनाएका छन् । इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमजानको समापनसँगै संसारभरका मुस्लिम समुदायले सोमबार ईद उल फित्र अर्थात् ईद मनाएका हुन् । हिजरी पात्रोअनुसार रमजान महिनाको अन्तिम दिनमा मनाइने यो पर्व प्रार्थना, भेटघाट, नयाँ लुगा र मिठाइ आदान-प्रदान गरेर उत्सवको रूपमा मनाउने गरिन्छ ।…