एमालेका डा.सुरेन्द्र मानन्धरले गराए कीर्तिपुरको मेयरमा उम्मेदवारी दर्ता

काठमाण्डु-कीर्तिपुर नगरपालिकाको मेयर पदमा एमालेका डा.सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन् । स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेबाट कीर्तिपुर नगरपालिकाको वडा नम्बर १ र ४ को अध्यक्षमा पनि उम्मेदवारी दर्ता भएको छ । वडा नम्बर १ मा हर्ष महर्जन र वडा नम्बर ४ मा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका हुन्…