भारतीय मिडिया लेख्छन्-ओलीलाई भारत भ्रमण नगर्ने ‘पहिलो नेपाली नेता’ बनाउने चिनियाँ प्रपञ्‍च

काठमाण्डु - प्रधानमन्त्री केपी शर्मा ओली ‘परम्परा तोड्दै’ पहिलो विदेश भ्रमण चीनबाट गर्न थालेपछि भारतीय सञ्चारमाध्यमले टिप्पणीयुक्त समाचार प्रकाशन गरेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीले चीनको पहिलो विदेश भ्रमण गर्दा काठमाडौं र नयाँ दिल्लीबीचको सम्बन्धमा तिक्तताको संकेत हुने गरी प्रचार गरेर समाचार बनाएका छन् । चिनियाँ राष्ट्रपति सी जिङपिङको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी १७…