महिला आयोगको कार्यालय नारायणहिटी सर्ने

काठमाण्डु – राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट सेवा प्रवाह गर्ने तयारी गरेको छ । आयोगका सदस्य एवं प्रवक्ता कृष्णकुमारी पौडेल खतिवडाका अनुसार आयोगको प्रशासनिक काम नारायणहिटीस्थित नयाँ भवनबाट सुरु भइसकेको छ भने १ हप्ताभित्र सम्पूर्ण सेवा सञ्चालन गर्ने तयारी गरिएको छ । अहिले आयोगको ११४५ हेल्पलाइन सेवा र उजुरीसम्बन्धी काम भद्रकालीस्थित…